aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

महालक्ष्मी विकास बैंकका ग्राहकले कान्तिपुर अस्पतालमा विशेष छुट पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३२ साउन २०७८
महालक्ष्मी विकास बैंकका ग्राहकले कान्तिपुर अस्पतालमा विशेष छुट पाउने

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले कान्तिपुर अस्पताल प्रालिसँग सिम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको बानेश्वर शाखाको अगुवाईमा कान्तिपुर अस्पतालसँग सोमबार सम्झौता गरेको हो । 

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले कान्तिपुर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरुमा छुट पाउने छन् । सम्झौता अनुसार बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्ने ग्राहकहरुले निशुल्क एम्बुलेन्स सेवा, बेड चार्ज, भेन्टिलेटर चार्ज र फार्मेसीमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । 

साथै, जेनरल बेड चार्र्ज÷क्याबिन, इन्भेस्टिगेशनमा १५ प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता पत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक हिमालय बिक्रम मल्ल ठकुरीले र बैंकका तर्फबाट बानेश्वर शाखाका प्रमुख  विकास रावलले हस्ताक्षर गरेका हुन् । 
 

प्रतिक्रिया दिनुहोस