aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

साझाका पेट्रोल पम्पमा एभरेष्ट बैंकका क्युआर कोडबाट भुक्तानी गर्न सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३२ साउन २०७८
साझाका पेट्रोल पम्पमा एभरेष्ट बैंकका क्युआर कोडबाट भुक्तानी गर्न सकिने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले साझा सेवा (सहकारी संस्था)ले संचालन गरेका पेट्रोलपम्महरुमा क्युआर कोडबाट भुक्तानी गर्न सकिने सेवा शुरु गरेको छ । बैंकले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि, साझा सेवा (सहकारी संस्था)ले संचालन गरेका पेट्रोलपम्महरुमा एभरेष्ट बैंकको क्युआर कोडबाट भुक्तानी गर्न सकिने सेवा शुरु गरेको हो । 

यस सेवाको शुभारम्भ एभरेष्ट बैंकका बागमती प्रदेश प्रबन्धक सन्तोष भट्टराई र साझा सेवा सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेलले संयुक्त रुपमा गरेका छन् ।

सो कार्यक्रममा साझा सेवाका प्रमुख लेखा अघिकृत दिवाकर श्रेष्ठ, एभरेष्ट बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती, एभरेष्ट बैंकका पुल्चोक शाखाका शाखा प्रबन्धक लव कुइकेल लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो । 

साझाका पेट्रोलपम्पबाट पेट्रोलियम पदार्थ किनेपछि बैंकको क्युआर कोडबाट भुक्तानी गर्दा रियल टाइममा नै साझा सेवा ९सहकारी संस्था०को पुल्चोकस्थित शाखामा रकम जम्मा हुने व्यवस्था मिलाएको बैंकले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस