aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

कामना सेवा विकास बैंक र सम्यक डाईग्नोष्टिकबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३२ साउन २०७८
कामना सेवा विकास बैंक र सम्यक डाईग्नोष्टिकबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र सम्यक डाईग्नोष्टिकबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।  यस  सम्झौतापछि कामना सेवा विकास बैंकका कर्मचारी तथा  ग्राहक महानुभावहरुले सम्यक डायग्नस्टिकमा स्वास्थ परिक्षण गराउदा १५ प्रतिशतको छुट प्राप्त सक्नुहुनेछ । यो सुविधा सम्यक डाईग्नोष्टिक को जावलाखेल तथा मध्य बानेश्वरमा रहेका  शाखाबाट प्राप्त हुनेछ । 

नेपालकै पहिलो आईएसओ  १५८९: २०१२ मान्यता प्राप्त स्वास्थ प्रयोगशाला सम्यकले स्वास्थ प्रशिक्षण सम्बन्धी उतकृष्ट सुविधा प्रदान गर्दै आइरहेको संस्थाले दावी गरेको छ । यो सम्झौताबाट बैंकका कर्मचारी तथा  ग्राहक महानुभावहरुले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ । बैंकका विभिन्न भागहरुमा १२९ वटा शाखा, एक विस्तारीत शाखा ७२ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस