
ग्लोबल आईएमई लघुवित्त संस्था लिमिटड (Global IME Laghubitta Bittiya Sanstha Ltd.) ले तेस्रो त्रैमासमा खुद नाफामा ४ करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ, जुन गत वर्षको सोहिअवधिको तुलनामा २५५ दशमलव ७३ प्रतिशतको वृद्धि गरेको हो । गत आवको सोहि अवधिमा मुनाफा १ करोड १४ लाख रुपैयाँ आर्जन गरेको थियो ।
११ करोड ४ लाख रुपैयाँ चुक्ता पुँजी भएको ग्लोबल आईएमई लघुवित्तले जगेडामा ५ करोड ५९ लाख रुपैयाँ छुटाएको छ ।
लघुवित्तले निक्षेपमा ७१ करोड २९ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा २ अर्ब ८३ करोड ८२ लाख रुपैयाँ लगानी गरेको छ । जसले कर्जामा २२२ दशमलव ५ प्रतिशतले वृद्धि गरेको हो । यस कम्पनीले कर्जामा अत्याधिक वृद्धि गरेको छ ।
लघुवित्तको खुद ब्याज आम्दानी १४३ दशमलव ५८ प्रतिशतले बढेर ९ करोड ५० लाख रुपैयाँ पुगेको छ त्यस्तै संचालन मुनाफामा २३३ दशमलव ३३ प्रतिशतले बढेर ६ करोड ६ लाख रुपैयाँ पुगेको छ ।
ग्लोबल आईएमई लघुवित्तको निष्कृय कर्जा शुन्य दशमलव ४७ प्रतिशत, जोखिम युक्त सम्पत्ति ९ दशमलव ०३ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ४९ दशमलव २८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २० दशमलव ५४ गुणा, प्रतिशेयर नेटवर्थ १५० दशमलव ११ रुपैयाँ र तरलता अनुपात ११ दशमलव ६५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस