aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

अफगानिस्तान बैंकले १० अर्ब डलर लुकायो, अधिकांश सम्पत्तिमा अमेरिकाको कब्जा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ भदौ २०७८
अफगानिस्तान बैंकले १० अर्ब डलर लुकायो, अधिकांश सम्पत्तिमा अमेरिकाको कब्जा

एजेन्सी । तालिबानले अफगानिस्तान राजनीति रुपमा कब्जा गरेकोछ । तर, अफगानिस्तानमा रहेको धेरै सम्पत्तिहरुमा भने यसको कब्जाबाट बाहिर जाँदै छ । ’ द अफगानिस्तान बैंक’ले १० अर्ब डलर लुकाएको छ । 

विज्ञहरुका अनुसार बैंकले अफगानिस्तान बाहिर धेरै सम्पत्ति राखेको छ । यस्तो स्थितिमा तालिबान शासकहरु सजीलै अफगानिस्तान केन्द्रीय बैंकका ७४.२६ हजार करोड रुपैयाँको सम्पत्ति नियन्त्रण गर्न सक्षम नहुने बताएका छन । अमेरिकी राष्ट्रपति जो बिडेनको प्रशासनका एक अधिकारीले भने अफगानिस्तान सरकारको रिजर्व बैंक अमेरिकामा भएको कुनै पनि सम्पत्ति तालिबानलाई दिइने छैन ।

अफगानिस्तानका एक अधिकारीका अनुसार देशको केन्द्रीय बैंक अफगानिस्तान बैंक (डीएबी) ले आफ्नो भल्टमा विदेशी मुद्रा, सुन र अन्य खजाना लुकाएको छ । तर, बैंकको कुल कोषको यथार्थ विवरण पाउन सकिएको छैन।

अफगानिस्तानको अधिकांश सम्पत्ति देश बाहिर राखिएको छ। यी सम्पत्ति तालिबान विद्रोहीहरुको पहुँच बाहिर छन् । डीएबी गभर्नर अजमल अहमदीले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आइतबार बैंकबाट राजीनामा दिए । राष्ट्रपति अशरफ घनी र अन्य प्रमुख अधिकारीहरु काबुल एयरपोर्टबाट देश छोडिसकेका छन् । तालिबानले शनिबार एक विज्ञप्तिमा कोष सार्वजनिक सुविधा र सरकारी कार्यालयहरु राष्ट्रको सम्पत्ति हुन्। यिनीहरुको कडा निगरानी हुनु पर्दछ ।

अफगानिस्तान बैंक’  १० अर्ब डलर को नेट वर्थ छ। यसमा १.३ बिलियन डलर सुन र ३६.२ मिलियन डलर विदेशी मुद्रा भण्डार छ । विकासोन्मुख देशहरुमा धेरैजसो केन्द्रीय बैंकहरु आफ्नो सम्पत्ति विदेशमा एक संघीय न्यूयोर्क फेडरल रिजर्व बैंक अफ न्यूयोर्क वा बैंक अफ इंगल्याण्डमा राख्ने गदैछन् ।

अफगानिस्तान केन्द्रीय बैंकसंग १०१.७७ बिलियन अफगान मुद्रासंग सुनको वार्स  राखिएको छ । यस संगै १.३२ बिलियन डलर भल्टमा छ । बैंकमा ६.१ बिलियन डलरको लगानी छ । लगानीहरुको अधिकांश अमेरिकी ट्रेजरी बन्ड र बिलमा रहेको छ । 


 

प्रतिक्रिया दिनुहोस