_20210819144456.jpeg)
काठमाडौं । सिभिल बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा आफ्नो ११५औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको समुद्घघाटन भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले गरेका हुन् ।
हालको कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै उक्त उद्घाटन समारोहमा सहभागीको संख्या न्यून गरीएको थियो । उक्त शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले महेन्द्रनगरमा वित्तीय पहुँच बृद्धि गर्नको साथै वित्तीय स्तर बढाउन यस शाखाले टेवा पु¥याउने कुरा बताए ।
सिभिल बैंकका डिपोजिट तथा ट्रान्ज्याक्सन बैंकिङ्गका प्रमुख भोला बहादुर विष्टले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकहरुको सहभागिता बिना आर्थिक समृद्धि सम्भब नहुने बताए । पूर्व मेची देखि पश्चिम महाकाली सम्म नेपालभर छरीएका ११५ शाखाहरु गुणस्तरिय सेवा प्रदान गर्न कटिवद्घ रहेको तथा हाल विश्वव्यापी रुपमा व्याप्त कोरोना महामारीको विशम परिस्थितिमा बजारमा प्रदान गरीएको व्याजदर भन्दा सिभिल बैंकले सर्वाधिक व्याजदर प्रदान गरींदै आएकोले यसको लाभ उठाउन अपिल गरे ।
बैंकले हालसम्म करिव छ लाख ग्राहकहरुलाई ११५ शाखाहरु, १० एक्सटेन्सन काउन्टरहरु तथा ८६ एटियमहरु मार्फत सम्पुर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस