aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

कुमारी बैंकको थप तीन नयाँ शाखा विस्तार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ भदौ २०७८
कुमारी बैंकको थप तीन नयाँ शाखा विस्तार

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा ३ नयाँ शाखा विस्तार छ । प्रदेश १ को  सुनसरीस्थित आँपगाछी शाखा, प्रदेश २ को वीरगञ्जस्थित प्रतिमाचोक शाखा, र गण्डकी प्रदेश कास्कीस्थित काहु‘खोला शाखा गरी ३ वटा शाखा औपचारिक रुपमा सन्चालनमा ल्याएको छ ।  

यसका साथै कुमारी बैंक लिमिटेडको देशभरि नै १९६ वटा शाखा कार्यालयहरू विस्तार भइसकेका छन् । काठमाडौं उपत्यकामा ४६, उपत्यकाबाहिर १५०, तथा १३ वटा एक्स्टेन्सन काउन्टरहरूबाट बैंकले ग्राहकहरूसमक्ष सेवाहरू प्रदान गरिरहेको छ । 

कोरोना भाइरसको महामारीले ल्याएको विषम परिस्थितिमा पनि बैंकले ग्रहकहरुको सेवालाई मध्यनजर गर्दै थप शाखाहरु बिस्तार गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस