aarthiknews.com शुक्रबार, २९ जेठ २०८३   Friday, 12 June, 2026
 

महालक्ष्मी बैंकले टाटाका गाडीहरु खरिद गर्न कर्जा दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ भदौ २०७८
महालक्ष्मी बैंकले टाटाका गाडीहरु खरिद गर्न कर्जा दिने

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र सप्रदि ट्रेडिङ प्रालिबिच सम्झौता भएको छ । बैंकले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदि ट्रेडिङ प्रालिसँग शुक्रवार सम्झौता गरेको हो । 

उक्त सम्झौता अनुसार सिप्रदि ट्रेडिङबाट ग्राहकहरुले टाटा ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंक मार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुलाई अधिकतम ५ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ७० प्रतिशत सम्म कर्जा प्रवाह गरिने छ । 
 
देशका १०३ वटा शाखाहरुबाट ग्राहकहरुलाई बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. का सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपलब्ध हुनेछ ।  
 

प्रतिक्रिया दिनुहोस