aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

संचय कोषका प्रमुख प्रशासक गौतम बर्खास्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०५ भदौ २०७८
संचय कोषका प्रमुख प्रशासक गौतम बर्खास्त

काठमाडौं । कर्मचारी संचय कोषमा प्रमुख प्रशासकमा कार्यरत तुलसीप्रसाद गौतम बर्खास्तमा परेका छन । मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले हिमालयन बैंकका समेत अध्यक्ष रहेका गौतमलाई बर्खास्त गरेको हो ।

गौतम २०७६ साल जेठमा कोषको प्रमुख प्रशासकमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा युवराज खतिवडाले गौतमलाई कोषको प्रमुख प्रशासकमा नियुक्त गरेका थिए ।

कोषको तर्फबाट गौतम हिमालयन बैंकको संचालक समितिको अध्यक्ष पनि छन । हिमालयन बैंक र नेपाल इन्भेस्टेन्ट बैंक मर्जका प्रक्रिया गौतमकै नेतृत्वमा हिमालयन बैंकको नेतृत्व गरिरहेका छन । आउदो कात्र्तिकदेखि एकिकृत कारोबार गर्ने गरि दुबैं बैंकको मर्ज प्रक्रिया चलिरहेको छ ।  

प्रतिक्रिया दिनुहोस