aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

इन्फिनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तको एकीकृत कारोबार शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०६ भदौ २०७८
इन्फिनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तको एकीकृत कारोबार शुरु

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरे पश्चात आज एकीकृत कारोबार शुरु भएको छ । उक्त कार्यक्रममा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका सञ्चालक तथा संयुक्त मर्जर वा प्राप्ति समितिको संयोजक बलराम विष्ट र साविक नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लि.का अध्यक्ष रमेश कुमार कर्मचार्यले भर्चुअल मार्फत संयुक्त रुपमा गरेका थिए ।

 संस्थाको प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामा रहेका छन । कार्यक्रममा दुवै वित्तीय संस्थाको तर्फबाट सञ्चालक, संयुक्त मर्जर समितिका सदस्यहरुबाट आफ्नो विचार राखेका थिए । संयुक्त मर्जर वा प्राप्ति समितिको संयोजक बलराम विष्टले यस प्राप्ति पश्चात इन्फिनिटी लघुवित्त वित्तीय संस्था पनि बजारमा प्रतिस्पर्धा गर्न सक्ने एक सवल तथा सक्षम वित्तीय संस्थाको रुपमा अगाडि बढ्ने बताए ।

 एकीकृत कारोबार पश्चात संस्थाको पुँजी रु. ३२ करोड ४६ लाख, सेवा पुगेको जिल्ला ३९, शाखा संख्या ८५, कर्मचारी संख्या ३४२, सदस्य संख्या ७४ हजार, निक्षेप रु. १ अर्व १५ करोड, कर्जा रकम रु. ४ अर्व १४ करोड भन्दा बढी हुने नवप्रवर्तनकारी संस्थाका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिएका थिए । 

प्रतिक्रिया दिनुहोस