aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

ग्लोबल आइएमई लघुवित्तको शतप्रतिशत हकप्रद शेयर आउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ असार २०७६
ग्लोबल आइएमई लघुवित्तको शतप्रतिशत हकप्रद शेयर आउँदै

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर आउने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मंगलबार स्वीकृति पाएको छ । पुँजीवृद्धिका लागि शतप्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । ११ करोड ४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँडपश्चात चुक्ता पुँजी २२ करोड ९ लाख पुग्नेछ । 
हकप्रद शेयर निष्कासन प्रयोजनका लागि साउन १ गते कम्पनीको बुक क्लोज हुनेको छ । असार ३१ गतेसम्म शेयर किन्ने शेयरधनीले  शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस