
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले संस्थाले कुनै एउटा फर्म, कम्पनी वा संगठित संस्थाबाट आफ्नो कुल निक्षेपको बढीमा १० प्रतिशतसम्मको सीमामा नबढ्ने गरी संस्थागत निक्षेप परिचालन गर्न पाउने भएका छन । यसभन्दा पहिला कुल निक्षेपको बढीमा ५ प्रतिशत मात्र सस्थागत निक्षेप लिन पाउने व्यवस्था परिवर्तन गर्दै नेपाल राष्ट्र बैंकले मंगलबार मौद्रिक नीति कार्यान्वयन निर्देशिका जारी गरेको हो ।
निषेधाज्ञा जारी भएका स्थानका संचालनमा पूर्ण रोक लगाइएका उद्योग, पेशा, व्यवसायको सम्बन्धमा निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असूलीसम्बन्धी सूचना वा लिलामीसम्बन्धी सूचना जारी गर्न नपाइने जारी निर्देशिकामा जनाएको छ ।
प्रतिक्रिया दिनुहोस