aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

बाटो नभएको जग्गा राखेर ऋण लिन पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०९ भदौ २०७८
बाटो नभएको जग्गा राखेर ऋण लिन पाइने

काठमाडौं । मोटर बाटो नपुगेको जमिन धितोमा राखेर पनि ऋण लिन पाइने व्यवस्था गरेको छ । मंगलबार नेपाल राष्ट्र बैंक मौद्रिक नीति कार्यान्वयनका लागि जारी गरेको एकीकृत निर्देशनमा यस्तो व्यवस्था गरिएको हो ।

नेपाल राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशनमा राष्ट्र बैंकबाट इजाजतप्राप्त क,ख,ग वर्षका वित्तीय संस्थाले २० लाख रुपैयाँसम्मको ऋण मोटरबाटो नपुगेको जमिनलाई धितोमा राख्ेर ऋण लिनका लागि बैंक वित्तीय संस्थाले धितो स्वीकार गर्न सक्ने उल्लेख गरेको छ ।

खेतीयग्य जमिन धितोमा राखेर वित्तीय संस्थामा ऋण लिन निवेदन दिएका एक हप्तामा ऋण उपलब्ध गराउन पर्ने र ऋण नदिने भए कारण सहित किन ऋण दिन नसक्ने भनि खुलाइ ग्राहकलाई जवाफ दिन पर्ने समेत निर्देशनमा उल्लेख गरिएको  छ। 

प्रतिक्रिया दिनुहोस