aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

एक्सेल डेभलपमेण्ट बैंकको संस्थापक शेयर बिहीवारदेखि विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १० भदौ २०७८
एक्सेल डेभलपमेण्ट बैंकको संस्थापक शेयर बिहीवारदेखि विक्रीमा

काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको कुल ८२ हजार ५६६ कित्ता संस्थापक शेयर भदौ १० गतेदेखि विक्रीमा आएको छ । कम्पनीले अनुराग गोयलको नाममा रहेको ६१ हजार ६६ कित्ता र टिकाराम शर्मा ढुंगेलको नाममा रहेको २१ हजार ५०० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । 

यी शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आगामी ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक सदस्यहरुले मूल्य र कित्ता खुलाई कम्पनीको केन्द्रिय कार्यालय विर्तामोड झापामा पुग्ने गरी आवेदन दिनुपर्नेछ । 

३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा भने वा सबै शेयर विक्री नभएमा बाँकी रहन गएको शेयर कित्ता प्रचलित नियम अनुसार अन्य व्यक्तिलाई विक्री गरिने समेत कम्पनीले जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस