aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सिभिल बैंक लिमिटेडको शाखा बाराको गंजभवानीपुरमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ असार २०७६
सिभिल बैंक लिमिटेडको शाखा बाराको गंजभवानीपुरमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाराको गंजभवानीपुरमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन महागढीमाई नगरपालिकाको मेयर उपेन्द« प्रसाद यादवले गरे ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. २ का प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठ, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

महागढीमाई शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ९१ पुगेकोे पनि बैंकले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस