aarthiknews.com शुक्रबार, २९ जेठ २०८३   Friday, 12 June, 2026
 

एनआईसी एशिया बैंकको एक हजार ८०० कित्ता संस्थापक शेयर शुक्रवारदेखि विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ भदौ २०७८
एनआईसी एशिया बैंकको एक हजार ८०० कित्ता संस्थापक शेयर शुक्रवारदेखि विक्रीमा

काठमाडौं । एनआईसी एशिया बैंकको १ हजार ८०० कित्ता संस्थापक शेयर भदौ ११ गतेदेखि विक्रीमा आएको छ । बैंकले शेयरधनी उषा गोल्छाको नाममा रहेको शेयरमध्यबाट उक्त कित्ता शेयर विक्रीको आव्हान गरेको हो । 

यो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र खरिदको आवेदन दिन सक्नेछन् । तोकिएको अवधिभित्र आवश्यक कागजात सहित बैंकको रजिष्टर्ड कार्यालय, ट्रेड टावर, थापाथली, काठमाडौंमा निवेदन बुझाउन बैंकले सुचना मार्फत आग्रह गरेको छ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा प्रचलित नियम बमोजिम अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त शेयर विक्री गरिने समेत बैंकले जानकारी दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस