
काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा तलरता वृद्धि भएको देखिएको छ । असारको २० गतेसम्म आउँदा करिब ३४ अर्ब बराबरको निक्षेप बैकहरुमा आएको नेपाल बैंकर्स संघलेको तथ्यांकले देखाएको छ । असारे विकासले गर्दा सरकारी ढुकुटीबाट रकम निकासा भएकाले पनि असारमा बैंकहरुमा निक्षेप थपिएको बैंकर संघ अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए ।
गत एक सातामा १७ अर्ब रुपैयाँ बराबरको निक्षेप बढेको । बैंकहरुले ऋण बिस्तार सातामा ५ अर्ब रुपैयाँले बढाएका छन् । असारभरीमा कर्जा भने ८ अर्ब रुपैयाँले वृद्धि भएको छ ।
असार २० गतेसम्म कुल निक्षेप २७ खर्ब ९३ अर्ब रुपैयाँभन्दा बढी भएको छ । कुल ऋण लगानी २४ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ ।चालु आर्थिक बर्षमा निक्षेप ३ खर्ब २३ अर्ब रुपैयाँले बढेको छ । निक्षेप बढेका कारण अन्तर बैंक सापटी ५ बाट ३ प्रतिशतभन्दा तल आएको छ । तर, असार मसान्त भएकाले बैंकमा तरलता आएकोभन्दा पनि अब सरकारलाई तिर्न पर्ने कर ६०–७० अर्ब जाने भएकाले साउनदेखि बैंकहरुमा तलरताको स्थिति उस्तै हुने संघका अध्यक्ष ढुंगाना बताउँछन् ।
प्रतिक्रिया दिनुहोस