aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

नेपाल एसबिआई बैंकद्वारा बेस्ट प्रेजेन्टेड अन्युअल रिपार्ट २०२० प्राप्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १५ भदौ २०७८
नेपाल एसबिआई बैंकद्वारा बेस्ट प्रेजेन्टेड अन्युअल रिपार्ट २०२० प्राप्त

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आईक्यान) द्वारा प्रदान गरिने बेस्ट प्रेजेन्टेड अन्युअल रिपोर्ट २०२० मा नेपाल एसबिआई बैंक दोस्रो भएको छ । उक्त प्रतिष्ठित पुरस्कार बैंकिङ सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरे वापत आईक्यानले बैंकलाई प्रदान गरेको हो ।  

होटेल र्याडिसनमा आयोजित एक कार्यक्रममा आईक्यानका अध्यक्ष सिए मदन कृष्ण शर्माद्वारा नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम लाई प्रदान गरिएको हो ।  

नेपाल एसबिआइ बैंकले ८८ शाखा, ज्ञढ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय ६ शाखा रहित बैंकिङ सेवा तथा १ कर्पोरेट अफिस गरि १२६ आउटलेटहरुका साथै १२२ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस