aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

महालक्ष्मी विकास बैंकका ग्राहकले सम्यक डायगनोस्टिकमा १० प्रतिशत छुट पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १६ भदौ २०७८
महालक्ष्मी विकास बैंकका ग्राहकले सम्यक डायगनोस्टिकमा १० प्रतिशत छुट पाउने

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायगनोस्टिक प्रालिसँग मंगलबार एक सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार ग्राहकहरुले सम्यक डायगनोस्टिक प्रालिको प्रयोगशालामा स्वास्थ्य परिक्षण गराउँदा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।   

देशका १०३ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङमार्फत कारोबार गर्दै आएको छ ।  

प्रतिक्रिया दिनुहोस