aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

मुक्तिनाथ कृषि कम्पनीको तेश्रो वार्षिक उत्सव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १६ भदौ २०७८
मुक्तिनाथ कृषि कम्पनीको तेश्रो वार्षिक उत्सव

काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रवद्र्धन रहेको मुक्तिनाथ कृषि कम्पनीले  सफलतापूर्वक तेश्रो वर्ष पार गरी चौथो वर्षमा प्रवेश गरेको छ ।  कृषि व्यवसायिहरु, कृषकहरु, आम उपभोक्ता, युवाहरु र सम्बन्धित सवै सरोकारवालाहरु एक आपसमा प्राविधिक तथा व्यवसायिक साझेदारी गरी देशको समग्र कृषि अर्थतन्त्रको विकासमा टेवा पुर्याउन सहकार्य गर्ने उद्देश्यले स्थापना भएको कम्पनी हो । 

कम्पनीले देशको कृषि अर्थतन्त्रमा टेवा पुर्याउनको लागि कृषि पेशालाई प्रतिष्पर्धि र मर्यादित बनाई युवाहरुको आकर्षणको केन्द्र बनाउने लक्ष्य सहित समग्र कृषि मुल्य श्रृङखलाको अवयवहरुमा काम गर्ने उद्देश्य लिएको छ । 

विभिन्न उद्देश्यहरु प्राप्तिको लागि आफ्नो स्थापना काल देखि विभिन्न कृषि व्यवसायि, कृषक समुह तथा सहकारीहरुसंग सहकार्य गर्दे कृषकहरुलाई आवश्यक पर्ने गुणस्तरीय उत्पादका साधनहरु, प्रविधि र वित्तिय पहुँचमा सहजिकरण कसरी गर्न सकिने कम्पनीले जनाएको छ  । 

कृषकहरुले उत्पादन गरेको उपजहरुलाई उपभोक्त समक्ष कसरी सहज, सुलभ र सुरक्षित रुपमा पुर्याउन सकिन्छ भन्ने सन्दर्भमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था, उत्पादक कम्पनीहरुसंग सहकार्य गर्दे आफ्नो स्थापना काल देखिनै, देशका विभिन्न भुभागमा कृषि पेशा गर्दे आइरहेका कृषकहरुलाई सहजिकरण गर्नको लािग सोहि अनुसार व्यवसायिक साझेदारी गरी व्यवसाय संचालन गर्दै आएको छ । 

हालसम्म कम्पनीले १५ वटा भन्दा बढि जिल्लाहरुमा आधिकारीक व्यवसायिक साझेदार निर्माण गरी ५० वटा भन्दा बढि जिल्लाका कृषकहरुलाई गुणस्तरीय सेवा विस्तार गरेको कम्पनीले दावी गरेको छ । संगसंगै कृषकहरुलाई समयानुकुलका आवश्यक प्रविधि हस्तान्तरणको लागि तालिम लगायतका अभियानहरु संचालन गर्दे आएको छ ।

 जसको फलस्वरुप तेश्रो वार्षिक उत्सवको अवसरमा आ.व. २०७७÷०७८ मा उत्कृष्ठ व्यवसायिक साझेदार गर्ने विभिन्न कम्पनी÷फर्म÷कृषक समुहहरुलाई पुरस्कृत समेत गरेको छ ।  जसअन्तरगत गणपति एग्रिकल्चर प्रा.लि., धादिङ लाई वर्ष उत्कृष्ट व्यवसाय साझेदार पुरस्कार, जय किसान एग्रो मार्ट एण्ड मेसिनरी, कपिलवस्तुलाई उदाउँदो व्यवसायि पुरस्कार, तमोर कृषि भण्डार, झापालाई दिगो व्यवसायिक साझेदार पुरस्कार र भिउ टावर तरकारी पकेट, काठमान्डौलाई उत्कृष्ट कृषक समुह पुरस्कारबाट सम्मानित गरीएको छ । 

साथै कम्पनीको सेवामा रहि उत्कृष्ठ कार्य सम्पादन गर्ने कर्मचारीहरु कमल पण्डितलाई वर्ष उत्कृष्ट कर्मचारी र  सन्दिप रिजाल,  दिपेश थापा र  हेमराज ढकाललाई विभिन्न विधामा पुरस्किृत गरी थप हौसला प्रदान गर्ने काम भएको छ ।

यसै सन्दर्भमा उत्कृष्ठ व्यवसायिक साझेदारी गरी पुरस्किृत हुनुभएका कृषि व्यवसायिहरुले मुक्तिनाथ कृषि कम्पनीले प्रवाह गरेको गुणस्तरीय वस्तु तथा सेवाहरु कृषकहरु समक्ष पुर्याउँदा, कृषकहरु त्यसको प्रतिफलबाट निकै खुशि रहेको प्रतिक्रिया दिदै आगामी दिनमा वस्तु तथा सेवाहरुको दायरा अझ फराकिलो बनाउन सुझावहरु सहित व्यवसायिक साझेदारीलाई अझै मजबुत बनाई अगाडि बढ्न हौसला प्रदान गरेको छ ।

चौथो वर्ष प्रवेश गर्दे गर्दा कम्पनीले गरेका असल कार्यहरुलाई निरन्तरता दिँदै, यसै वर्षदेखि देशभरी नै व्यवसाय विस्तार गर्नको लागि स्थानिय कम्पनी÷फर्म÷एग्रोभेट÷कृषक समुह÷सहकारीहरुसंग संस्थागत सहकार्य गर्दे कृषकहरुलाई आवश्यक उत्पादनका साधन, प्रविधि, पुँजि र कृषि उपजहरुको बजारीकरणलाई व्यवस्थित गरी आम उपभोक्तालाई सहज, सरल र सुरक्षित खाद्य वस्तुहरु उपलब्ध गराउने दिशामा कम्पनी अग्रपंक्तिमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस