aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पर्वतको डिमुवामा कामना सेवाकोे ९२ औं शाखा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ असार २०७६
पर्वतको डिमुवामा कामना सेवाकोे ९२ औं शाखा

काठमाडौं । कामना सेवा विकास बैंकले गण्डकी प्रदेशको पर्वत जिल्ला मोदी गाउँपालिका ६ स्थित डिमुवामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलको प्रमुख आतिथ्यतामा र गाउँपालिकाका उपाध्यक्ष सेती महत र वडा अध्यक्ष विमल लामिछाने, बैंकका संचालक चतुराखर अधिकारी तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज बास्तोलाको उपस्थितिमा उक्त शाखाको उद्घाटन गरेका थिए । 

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९२ वटा शाखा तथा ४४ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । 

साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको बैंकको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस