aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

एन आई सी एशिया क्यापिटलमा भएको हितग्राही खाता खल्तीबाटै नविकरण गर्न मिल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ असार २०७६
एन आई सी एशिया क्यापिटलमा भएको हितग्राही खाता खल्तीबाटै नविकरण गर्न मिल्ने

एन आई सी एशिया क्यापिटल लिमिटेड तथा एन आई सी एशिया बैंक लिमिटेडमा हितग्राही खाता खल्ती डिजिटल मार्फत डिम्याट खाता र मेरो शेयरको नविकरण शुल्क बुझाउन सकिने भएको छ । 

हितग्राही खातावालाहरुको सुविधालाई मध्येनजर राख्दै एन आई सी एशिया क्यापिटल लिमिटेड तथा एन आई सी एशिया बैंक लिमिटेड मार्फत हितग्राही खाता खोली कारोवार गर्दै आएका खातावालाहरुको हितग्राही खाता तथा मेरो शेयरको बार्षिक नविकरण शुल्क खल्ती डिजिटल वालेट मार्फत भुक्तानी गर्न मिल्ने बनाएको हो ।

साथै उक्त नविकरण शुल्क अर्को डिजिटल प्लेटफर्म ई–सेवा मार्फतसमेत भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

हाल एन आई सी एशिया क्यापिटल लिमिटेडले शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । 

साथै एन आई सी एशिया म्युचुअल फण्ड अन्तरर्गतको पहिलो योजना “एन आई सी एशिया ग्रोथ फण्ड” संचालन गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस