aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

लक्ष्मी बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १७ भदौ २०७८
लक्ष्मी बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत

काठमाडौं । लक्ष्मी बैंकद्वारा निष्काशित २ अर्ब रुर्पैयाँ मूल्य बराबरको “८.५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चर, २०८८” नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकृत भएको छ । सूचिकरण पश्चात सो ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा दोस्रो बजार कारोबार हुने छ ।

विहीबार एक कार्यक्रमबीच सो ऋणपत्र सूचिकरण गर्ने सम्बन्धी सम्झौतापत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल तथा लक्ष्मी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले हस्ताक्षर गरेका थिए । 

प्रतिक्रिया दिनुहोस