
काठमाडाैं । प्रदेश नम्बर ५, बर्दिया जिल्लाको बांसगढी नगरपालिका वडा न. ५ स्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय बांसगढीमा बैंकले कारोबार सुरूअत गरेकाे छ ।
यसपछी बैंकको शाखा कार्यालयहरुको संख्या २२१ पुगेको बैंकले जनाएकाे छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुंच विस्तार गरिने कार्यमा बैंक अगाडि बढिरहेको बाताए ।
बैंकको देशको सातै प्रदेश, ७७ वटै जिल्लामा २२१ वटा शाखा कार्यालय, १७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । हाल बैंकले १ खर्ब ८६ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैंया कर्जा लगानी गरेको छ
प्रतिक्रिया दिनुहोस