aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

तीन कम्पनीको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ भदौ २०७८
तीन कम्पनीको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन कम्पनीको संस्थापक शेयर खरिदका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ ।

भदौ ४ गतेदेखि बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको ३ लाख ६ हजार ६५ कित्ता, नागरिक लगानीकोषको ३ लाख ५० हजार ३६९ कित्ता र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८६ हजार ३६९ कित्ता संस्थापक शेयर लिलामीमा आएको हो । अघि पनि विभिन्न समयमा लिलामीमा विक्री खुला गरी वितरण हुन नसकेको यी शेयर कम्पनीहरुले पुनः लिलामीमा विक्री गर्न लागेका हुन ।

आरएमडीसी लघुवित्तको शेयरको मूल्य प्रतिकित्ता रू. ६०३ , नागरिक लगानीकोषको प्रतिकित्ता रू. १ हजार ४१० र मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता रू. ५७६ तोकिएको छ । यी शेयर खरिद गर्न चाहने इच्छुक जो कोही व्यक्ति वा संस्थाहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

मेरो माइक्रोफाइनान्स र नागरिक लगानीकोषको शेयर खरिदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ भने आरएमडीसी लघुवित्तको शेयर खरिदका लागि न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यी शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस