aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

बागमती प्रदेशमा मात्रै ९० अर्ब भन्दा बढीको कृषि कर्जा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ भदौ २०७८
बागमती प्रदेशमा मात्रै ९० अर्ब भन्दा बढीको कृषि कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७७/७८ को प्रथम अर्धवार्षिक आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट यस प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा २०.० प्रतिशतले वृद्धि भई रु.९० अर्ब ३४ करोड पुगेको जनाएको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १९.२१ प्रतिशतले वृद्धि भएको थियो ।

यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले ४.३४ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन् । कृषि क्षेत्रमा प्रवाहित कर्जामा काठमाडौं जिल्लाको अंश ४३.२ प्रतिशत, चितवन जिल्लाको अंश ३१.९ प्रतिशत, मकवानपुर जिल्लाकोअंश ५.० प्रतिशत, काभ्रेपलाञ्चोक जिल्लाकोअंश ४.६ प्रतिशत, धादिङ्ग जिल्लाको अंश ३.५ प्रतिशत रहेको छ ।  

त्यस्तै, कर्जा कृषि क्षेत्रमा नुवाकोट जिल्लाको अंश ३.२ प्रतिशत, ललितपुर जिल्लाको अंश २.६ प्रतिशत, भक्तपुर जिल्लाको अंश १.९ प्रतिशत, सिन्धुली जिल्लाको अंश १.५ प्रतिशत, सिन्धुपाल्चोक जिल्लाको अंश १.०५ प्रतिशत, दोलखा जिल्लाको अंश ०.६ प्रतिशत, रामेछाप जिल्लाको अंश ०.५ प्रतिशत र रसुवा जिल्लाको अंश ०.४ प्रतिशत रहेको छ ।    

प्रतिक्रिया दिनुहोस