aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

यस्तो छ बागमती प्रदेशमा औद्योगिक कर्जा लगानी स्थिति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ भदौ २०७८
यस्तो छ बागमती प्रदेशमा औद्योगिक कर्जा लगानी स्थिति

काठमाडौं । नेपाल राष्ट्र बैंकले बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७७/७८ को प्रथम अर्धवार्षिक आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले यस प्रदेशका औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा ९.७ प्रतिशतले वृद्धि भई रु.७ खर्ब ८२ अर्ब ९२ करोड पुगेको जनाएको छ ।   

गत वर्षको सोही अवधिमा यस्तो कर्जा ८.८ प्रतिशतले वृद्धि भई रु. ६ खर्ब ५५ अर्ब ७९ करोड पुगेको थियो । यस प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३७.६ प्रतिशत रहेको छ । औद्योगिक कर्जामध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी रु.६ खर्ब ७१ अर्ब ७२ करोड (८५.८ प्रतिशत) कर्जा लगानीमा रहेको छ भने रसुवा जिल्लामा सबैभन्दा कम रु.४४ करोड कर्जा (०.०६ प्रतिशत) लगानी रहेको छ । 

त्यस्तै, कुल औद्योगिक कर्जामध्ये धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी २१.४ प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा कम गैर खाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगमा ६.३ प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी, विद्युत, ग्यास तथा पानीमा १४.३ प्रतिशतले, कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा १२.० प्रतिशतले, निर्माणमा ८.१ प्रतिशतलेकर्जा बढेको छ भने खानी सम्बन्धी उद्योगमा १.५ प्रतिशतले घटेको छ । 

प्रतिक्रिया दिनुहोस