aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

‘खल्ती’ले सुरू गर्‍याे डिम्याट र मेरोशेयरको नवीकरण शुल्क भुक्तानी गर्न सकिने सेवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ असार २०७६
‘खल्ती’ले सुरू गर्‍याे डिम्याट र मेरोशेयरको नवीकरण शुल्क भुक्तानी गर्न सकिने सेवा

काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक एप ‘खल्ती’बाटै अब हितग्राही खाता (डिम्याट) र मेरोशेयरको शुल्क भुक्तानी गर्न सकिने भएको छ ।

‘खल्ती डिजिटल वालेट’ले बिहिबारबाट खल्ती एप तथा वेबसाइट प्रयोग गरी अनलाईनबाटै डिम्याट र मेरोशेयरको वार्षिक नवीकरण शुल्क भुक्तानी गर्न मिल्ने सेवाको औपचारिक रुपमा सुरुवात गरेको हो ।

खल्तीले संचालनमा ल्याएको यस सेवाले डिम्याट तथा मेरोशेयर खातावालहरु विभिन्न क्यापिटल तथा मर्चेन्ट बैंकिङको कार्यालयमै पुगेर नवीकरण शुल्क तिर्नु पर्ने झन्झट अन्त्य हुने अपेक्षा गरेको खल्तीका प्रबन्ध निर्देशक मनिष मोदीले बताए ।

‘हामीलाई आशा छ खल्तीले ल्याएको यो सेवा मार्फत अब डिम्याट तथा मेरोशेयर खातावालहरुको उक्त बोझ हटेर जानेछ’, मोदीले भने, ‘यस सेवाको सुरुवातसँगै हामी दैनिक कारोबारलाई डिजिटल बनाउन एउटा अर्को पाइला अगाडी सारेको महसुस गरेका छौँ ।’

खल्तीको यो सेवा अहिले तत्कालका लागि ६ वटा क्यापिटल तथा मर्चेन्ट बैंक खातावालहरुले यो सेवा प्रयोग गर्न सक्ने बताइएको छ । जसमध्ये सनराइज क्यापिटल, लक्ष्मी क्यापिटल, सानिमा क्यापिटल, प्रभु क्यापिटल, एनआइसी एसिया क्यापिटल, र नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेका छन् । 

खल्तीले छिट्टै अरु धेरै क्यापिटल तथा मर्चेन्ट बैंकका खातावालहरुमाझ यो सेवा विस्तार गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस