aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

मुक्तिनाथ डिबेञ्चर (ऋणपत्र) २०८४/८५ सूचिकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १९ भदौ २०७८
मुक्तिनाथ डिबेञ्चर (ऋणपत्र) २०८४/८५ सूचिकृत

काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)बीच ८.७५ प्रतिशत ब्याजदर भएको मुक्तिनाथ डिबेञ्चर÷ऋणपत्र २०८४÷८५ को क्रम संख्या १ देखि १२,५०,००० सम्मको अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको कुल १२,५०,००० कित्ता थान ऋणपत्रको सूचिकरण गर्ने सम्झौता सम्पन्न भएको छ । 

बैंकले सर्वसाधारण समक्ष सानिमा क्यापिटल लि.(धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी) मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि खुल्ला बिक्री आव्हान गरेको थियो ।यसरी सर्वसाधारणमा वितरण गरिएको १२,५०,००० थान ऋणपत्र वितरण भई धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेपाल स्टक एक्स्चेञ्जको भदौ १५ गतेको निर्णयानुसार सूचिकरण भएको हो । 

प्रतिक्रिया दिनुहोस