aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

नबिल बैंकले ल्यायो “नबिल डिजी वर्कस्पेस”

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २० भदौ २०७८
नबिल बैंकले ल्यायो “नबिल डिजी वर्कस्पेस”

काठमाडौं । नबिल बैंकले कर्मचारी दक्षता स्तरोन्नती “नबिल डिजी वर्कस्पेस” ल्याएको छ ।  कर्मचारीले आफुले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्कस्पेसमा गएर इन्ट्री गर्ने छन र विद्युतिय प्रणालिबाट उक्त कामको प्रक्रिया अगाडि बढ्ने बैंकले विस्वास गरेको छ ।

 नबिल डिजी वर्कस्पेसको उद्घँटन गर्दै बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले कागज विहिन काम गर्ने वातावरण अबको आवश्यकता रहेको बताए । सोही कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत  सुजित कुमार शाक्यले नबिल डिजी वर्कस्पेसमा आएको काम स्विकृत गरे ।

नबिल डिजी वर्कस्पेसमा कर्मचारीहरुले आफूले दैनिक गर्नु पर्ने काम कहाँ छन, कोसँग छन तिनको जानकारी सहजै एक क्लिकबाट भेट्नेछन । यसो गर्दा कम समयमा काम सम्पन्न हुने र ग्राहकलाई छिटो, छरितो सेवा प्रदान हुनेछ भन्ने कुरँमा बैंक विश्वस्त छ ।

अबका दिनमा फाइल स्विकृत गर्ने कर्मचारीहरुले सिस्टम अलर्ट पाउनेछन र त्यहाँ अपलोड गरिएका फाइलहरु हेरेर ग्राहकका कामहरु स्विकृत गर्न सक्नेछन । यसले कागजी प्रकृया बिना तिब्र रुपमा अनिर्णित कामहरु सम्पादन गर्न सहयोग पुग्नेछ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायँनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १३५ शाखा, १७६ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित  हेको छ ।
 

प्रतिक्रिया दिनुहोस