
काठमाडौं । युनिलिभर नेपालले शेयरधनीलाई शेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ । कम्पनीले नगद लाभांश सम्बन्धीत शेयरधनीको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा जम्मा गरिने भएकाले बैंक खाता अद्यावधि गर्न आग्रह गरेको हो ।
साथै कम्पनीले भौतिक शेयर भएका शेयरधनीको हकमा हितग्राही खाता खोली शेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ । कम्पनीको शेयरमा शेयर रजिष्ट्रार सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस