aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

पैसा नभएको बैंक खाताको चेक काट्ने शिवराम गजुरेल पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ भदौ २०७८
पैसा नभएको बैंक खाताको चेक काट्ने शिवराम गजुरेल पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवारी काठमाडौं महानगरपालिका–१६ माछापोखरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका–१२ सिमपानी घर भएका ५६ वर्षीय शिवराम गजुरेललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटनको २०७८ असार २८ गतेको फैसलाले ७ दिन कैद तथा १३ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बालाजु शेषमती पुलबाट पक्राउ गरेको हो । 

आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी हाम्रो विकास बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस