
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीयको आईपीओमा १४ दशमलव ५५ गुणा बढी आवेदन परेको छ । कम्पनीले असार २२ देखि २५ गतेसम्म सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्ता शेयर निष्कासन गरेको थियो ।
प्रबन्धक एनआईबिएल एस क्यापिटलले दिएका अनुसार अनुसार आईपीओमा ३ लाख ८ हजार ४१४ जना आवेदकले ५४ लाख ५७ हार ३४० कित्ता शेयर खरिदको आवेदन दिएका छन् ।
आवेदन दिएकामध्ये प्रमाणिकरणको काम भईरहेको जनाएको छ । प्रमाणिकरण सकिएपछि क्यापिटलले विक्री बन्द भएको एक साताभित्र बाँडफाँट गर्ने तयारी भएको समेत बताएको छ ।
कम्पनीले कुल ४ लाख कित्ता शेयरमध्ये ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई लागि २० हजार कित्ता शेयर सामुहिक लगानी कोषलाई बाँडफाँड छुटयाएर बाँकी सर्वसाधारणमा जारी गरेको हो ।
प्रतिक्रिया दिनुहोस