aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

प्राइम बैंंकको डिवेन्चर (ऋणपत्र) नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ भदौ २०७८
प्राइम बैंंकको  डिवेन्चर (ऋणपत्र) नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

काठमाडौं । प्राइम कमर्सियल बैंंक लिमिटेडले निष्काशन गरेको ८.७५ प्रतिशत प्राइम डिवेन्चर २०८५ ऋणपत्र नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) सूचीकृत भएको छ । बैंकको प्रति थान  १००० रुपैयाँको दरले हुन आउने अक्षरुपी दुई अर्ब चौवालिस करोड उनानअसि त्रिसठ्ठी हजार रुपैँया बराबरको २४,४७,९६३ थान डिवेन्चर  नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकृत गर्ने सम्झौता सम्पन्न भयो । 

उक्त सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत  निरन्जन फुयाल र प्राइम कमर्सियल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेका  नारायणदास माननधरले हस्ताक्षर गरेका छन । 
 

प्रतिक्रिया दिनुहोस