aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

तीन विकास बैंकको विशेष साधारणसभा, २ अर्ब ६७ करोड चुक्ता पुँजी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ असार २०७६
तीन विकास बैंकको विशेष साधारणसभा, २ अर्ब ६७ करोड चुक्ता पुँजी

काठमाडौं । तीन विकास बैंकले मर्जका लागि शुक्रबार विशेष साधारणसभा बोलाएका छन्  । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले पूर्णिमा विकास बैंक र भार्गव विकास बैंक लिमिटेडलाई प्राप्ति लागि विशेष साधारणसभा बोलाएका हुन । 

शाइन रेसुङ्गाले भार्गव र पूर्णिमालाई प्राप्ती गर्न दुबै बैंकको चल अचल सम्पत्तिको मूल्याङ्कन प्रतिवेदन अनुमोदन गरी दुबै बैंकको शेयरमूल्य ( स्वाप रेशियो) निर्धारण गर्नेछ । 
दुबै बैंकलाई प्राप्ती गरेपश्चात बैंकको संस्थापक तथा सर्वसाधारण शेयरको स्वामित्व प्रतिशत फेरवदल हुने हुँदा प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्तावलाई समेत शुक्रबारको सभाले पारित गर्नेछ । 

साथै दुबै बैंकलाई प्राप्ति गरेपश्चात हुन आउने चुक्तापूँजीको ४ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत साधारणसभामा पेश हुने छ ।  हाल दश जिल्ला कार्यक्षेत्र रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक दुई बैंकलाई प्राप्ती गरेपछि राष्ट्रिय स्तरको विकास बैंक बन्नेछ । 

हाल शाइन रेसुङ्गाको चुक्तापूँजी १ अर्ब ६२ करोड २६ लाख ६५ हजार रुपैयाँ छ । त्यस्तै भार्गव विकास बैंकको ५० करोड १६ लाख रुपैयाँ र पूर्णिमा विकास बैंकको ५५ करोड १२ लाख ८३ हजार रुपैयाँ रहेको छ । तीन वटै बैंक एक भएपछि २ अर्ब ६७ करोड ५५ लाख ४८ हजार रुपैयाँ चुक्तापूँजी कायम हुनेछ ।

शाइन रेसुङ्गासँग मिसिने भएपछि पूर्णिमा र भार्गवको शेयरकारोबार बन्द रहेको छ । शाइन रेसुङ्गाले बुटवलमा पूर्णिमाले रुपन्देही र  भार्गवले नेपालगञ्जमा विशेष साधारण सभा आयोजना गर्न लागेका हुन ।

 विशेष सधारणसभा प्रयोजनका लागि शाइन रेसुङ्गाले असार १९ गनेदेखि बुक क्लोज गरेको छ भने पूर्णिमाले फागुन २७ गते र भार्गवले जेठ १ गते बुक क्लोज गरेको छ । 
बुक क्लोजभन्दा एक दिन अघिसम्म कायम सदस्यहरु विशेष सभामा भाग लिन र पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकको प्रतिनिधित्व गर्दै शाइन रेसुङ्गाको शेयर सदस्य हुन पाउनेछन् ।
 

प्रतिक्रिया दिनुहोस