aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २२ भदौ २०७८
मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन

काठमाडौं । साउन १९ गतेदेखि लिलामीमा आएको मुक्तिनाथ विकास बैंकको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । बैंकको १ लाख ५ हजार ४१ कित्ता संस्थापक शेयर भदौ २२ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा आएको हो ।

प्रतिकित्ता रू. ३२५ तोकिएको यो शेयर खरिदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ  । बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने यो शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र भदौ २३ गते बिहान विक्री प्रबन्धकको कमलादी, काठमाडौंमा विहान ११ बजे खोलिने कार्यक्रम समेत तय भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस