
काठमाडौं । घोडीघोडा लघुवित्तको आईपीओ भोलि शुक्रबार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक प्रभु क्यापिटलले विहान ९ बजे क्यापिटलकै केन्द्रिय कार्यालय कमलादीमा आईपीओ बाँडफाँट गर्न लागेको जानकारी दिएको हो ।
घोडीघोडाले सर्वसाधारणका असार २० देखि २४ गतेदेखिसम्म सर्वसाधारणका लागि १ लाख २४ हजार ५ सय ९० कित्ता शेयर विक्री गरेको थियो । यस आईपीओमा २ लाख ८६ हजार ५५ कित्ताको लागि आवेदन परेकोमा ४९० वटा आवेदन रद्ध भएको विक्री प्रबन्धकको भनाई छ । सदर भएका आवेदकबाट ४८ लाख ४० हजार २२० कित्ताको माग भएको हो ।
यसर्थ सदर आवेदकमध्यबाट १२ हजार ४५९ जनाले १० कित्ताका दरले गोलाप्रथाद्धारा शेयर प्राप्त गर्नेछन् भने २ लाख ७३ हजार १०६ जनाको हात खाली रहनेछ ।
कम्पनीले कुल १ लाख ३२ हजार ६ सय कित्तामध्ये १ हजार ३ सय ८० कित्ता शेयर कर्मचारीको लागि सुरक्षित राखी ६ हजार ६ सय ३० कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँटपश्चात बाँकी शेयर सर्वसाधारणलाई विक्री गरेको हो ।
प्रतिक्रिया दिनुहोस