aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सिभिल बैंकको शाखा दाङको लमहीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ असार २०७६
सिभिल बैंकको शाखा दाङको लमहीमा

काठमाडौं । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा दाङको लमहीमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर केसीले गरेका थिए ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं। ५ का प्रदेश प्रमुख किरण धमला, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी र सर्वसाधरणको उपस्थिति थियो ।लमही शाखा सहित सिभिल बैंकको कुल शाखा संख्या ९२ पुगेको पनि बैंकले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस