aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

एक्सेल डेभलपमेण्ट बैंकले ३० प्रतिशत हकप्रदका लागि असोज १ गते बुक क्लोज गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ भदौ २०७८
एक्सेल डेभलपमेण्ट बैंकले ३० प्रतिशत हकप्रदका लागि असोज १ गते बुक क्लोज गर्ने

काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले ३० प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि असोज १ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीको भदौ २२ गतेको सञ्चालक समितिको बैठकले हकप्रद प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको हो । 

बैंकले ३० प्रतिशत हकप्रद शेयर विक्री गर्न साउन ३० गतेनै नियामक निकाय नेपाल धितोपत्र बोर्डको अनुमति पाईसकेको छ । हकप्रद शेयर निष्कासनको मिति भने कम्पनीले तय गर्न बाँकी रहेको छ । 

कम्पनीले हाल कायम चुक्तापूँजी रू. ८१ करोड ११ लाख २१ हजारको आधारमा १० बराबर ३ को अनुपातमा २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता शेयर विक्री गर्न लागेको हो । बुक क्लोजको आधारमा भदौ ३१ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयर खरिदका लागि आवेदन दिन योग्य हुनेछन् । यो हकप्रद विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस