
काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंक लिमिटेडले असोज १६ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको भदौ २२ गते साझ बसेको सञ्चालक समितिको बैठकले सिद्धार्थ होटल, विर्तामोड, झापामा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले अघिल्लो आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै गत आर्थिक वर्ष ०७७/७८ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्गो लगाउनेछ ।
अघिल्लो आर्थिक वर्ष सम्मको वितरणयोग्य मुनाफाबाट कम्पनीले १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पनि सभाले अन्तिम रुप दिनेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने प्रयोजनको लागि १४औं वार्षिक साधारण सभाले दिईएको अख्तियारीलाई निरन्तरता दिई मर्जर तथा प्राप्ती प्रयोजनमा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्ने कार्यक्रम तय भएको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा भदौ ३१ गतेसम्म कारोबार भई नियमअनुसार शेयर नामसारी भई आएका शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस