aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

एनएमबि बैंकले ल्यायो तीज विशेष अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ भदौ २०७८
एनएमबि बैंकले ल्यायो तीज विशेष अफर

काठमाडौं । एनएमबि बैंकले नेपाली नारीहरुको महान पर्व तीजको सप्ताहको अवसर पारेर आफ्नो ग्राहकहरुले क्यु आर कोड, पोस वा ईएनएमबी एप प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान खरिद गर्दा १० प्रतिशत वा तीन सयसम्म क्यास ब्याकको अफर ल्याएको हो ।   

तीज नेपाली समुदायमा आफन्तजनसंग भेटघाट गरेर, दर खादै र नाँचगान गरेर रमाइलो संग मनाइन्छ । तीजको बेला सार्वजनीक स्थानमा ब्यक्ति ब्यक्ति बीच सम्पर्कमा रहँदा कोरोना संक्रमण हुने प्रवल सम्भावना हुने भएकोले यस परिवेशलाई मध्यनजर गदै बैंकले आकर्षक अफरहरु आफ्नो ग्राहक माझ प्रस्तुत गरेको हो । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईटको एनएमबी भिजा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ । 

बैंकले देशभरीका १८१ शाखाहरु, १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ । बैंक चारबर्षमा तीन पटक २०१७, २०१८ र २०२० मा बैंक अफ द इयरले सम्मानित भइसकेको छ । 
 

प्रतिक्रिया दिनुहोस