aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

राष्ट्र बैंकले २ अर्ब ६५ करोड रकम मुद्दती निक्षेपमा राख्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ भदौ २०७८
राष्ट्र बैंकले २ अर्ब ६५ करोड रकम मुद्दती निक्षेपमा राख्दै

काठमाडौं । २ अर्ब ६५ करोड नेपाल राष्ट्र बैंकमा रहेको कोषको रकम वित्तीय संस्थाहरुमा राख्ने भएको छ ।  राष्ट्र बैंकले जारी गरेको सूचनामा बैंकमा रहेको सुरक्षण कोष÷उपदान तथा पेन्सन कोषमा रहेको रकम क, ख र ग वर्गका वित्तीय संस्थाहरुमा राख्ने जनाएको छ । 

राष्ट्र बैंकले ३६६ दिनको मुद्दती निक्षेप लागि राखिने उक्त रकम वित्तीय संस्था फाइनान्स कम्पनीमा १३ करोड २५ लाख रुपैयाँ, विकास बैंकमा ३९ करोड ७५ लाख रुपैयाँ र वाणिज्य बैंकमा २ अर्ब १२ करोड रुपैयाँ राख्ने जनाएको छ । 

उक्त रकम मुद्दती निक्षेपका लागि आफ्नो वित्तीय संस्थामा राख्नका लागि वित्तीय संस्था सञ्चालन भएको २ वर्ष भएको हुन पर्ने, राष्ट्र बैंकले तोकेको न्युनताम पुँजीको कायम रहेको हुन पर्नेछ । 

त्यस्तै, वित्तीय संस्थाहरुको निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनपर्ने,रियल स्टेट कर्जा तोकिएको मापदण्डभन्दा कम हुन पर्ने लगायतका सर्तहरु रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस