aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

मेगा म्युचुअल फण्ड–१ का इकाई बाँडफाँड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ भदौ २०७८
मेगा म्युचुअल फण्ड–१ का इकाई बाँडफाँड

काठमाडौं । मेगा बैक नेपाल लिमिटेडले प्रबद्र्घन गरेको मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना “मेगा म्युचुअल फण्ड–१ ''(Mega Mutual Fund-1)”  बाँडफाँड भएको छ । उक्त फण्ड प्रति इकाई मूल्य दश रुपैयाँदरको दस करोड इकाईमध्ये न्यूनतम एक करोड पचास लाख वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम पन्ध प्रतिशत इकाई कोष प्रवद्र्धक मेगा बैंक नेपाल लिमिटेडको लागि सुरक्षित राखिके थियो । 

न्यूनतम आठ करोड पचास लाख इकाईको सार्वजनिक निष्काशनमा सर्वसाधारण लगानीकर्ताहरुको उल्लेखनीय सहभागिता स्वरुप सामुहिक लगानी कोष इतिहासमा सबै भन्दा धेरै आवेदनको नयाँ कीर्तिमान कायम गर्दै १,६३,६४६ आवेदकहरुबाट करिब २०,१४,५५,६०० बराबरको इकाई खरिदका लागि आवेदन परेको छ, जुन बिक्रीको लागि माग गरिएको आवेदन रकम भन्दा २.३७ गुणा बढी आवेदन परेको हो ।

 मागभन्दा अधिक इकाईका लागि आवेदन परेकोले धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम कोषको कुल आकारको अधिकतम २५ प्रतिशत थप गरी प्रति इकाई मूल्य दश रुपैयाँ दरको बाह्र करोड पचास लाख रुपैयाँ इकाईहरु अर्थात एक अर्ब पच्चिस करोड रुपैयाँ बराबरको योजनाको आकार निर्धारण गरी बाँडफाँड गरिएको छ । उक्त योजनामा सर्वसाधारण लगानीकर्ता र संस्थागत लगानीकर्ताको अनुपात ६१ः३९ कायम भएको छ । 

धितोपत्र बाँडफाँड सम्बन्धी निर्देशिका, २०७४ को निर्देशन ३० बमोजिम बाँडफाँड तालिका अनुसार रितपूर्वक प्राप्त आवेदन मध्ये १०० इकाई देखि ३ लाख ५० हजार इकाईसम्म आवेदन माग गर्ने १,५५,८६४ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाई बाँडफाँड गरिएको, ५ लाख देखि १ करोड इकाईसम्म आवेदन गर्ने ३४ जना आवेदकहरुलाई ४३६,३३० इकाई बाँडफाँड गर्नुका साथै बाँकि रहेको २९० इकाई ३४ जना मध्ये २९ जना आवेदकहरुलाई गोलाप्रथा मार्फत थप १० इकाई बाँडफाँड गरिएको छ । 

मेगा क्यापिटल मार्केट्स लिमिटेड प्रति प्राप्त भएको यस विश्वासले हामीलाई अझै शसक्त ढंगले अगाडि बढ्न हौसला मिलेको छ र मेगा म्युचुअल फण्ड–१ प्रति देखाउनु भएको विश्वासको उच्च कदर र सम्मान गर्दै आउँदा दिनहरुमा उच्च प्रतिफल, जोखिम व्यवस्थापन तथा उच्चस्तरिय सेवा प्रदान गर्ने क्यापिटलले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस