
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज ८ गते दोस्रो विशेष साधारण सभा आव्हान गरेको छ । कम्पनीको भदौ १९ गतेको सञ्चालक समितिको बैठकले केन्द्रिय कार्यालय कोहलपुर बाकेमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । भौतिक रुपमा उपस्थित हुने वातावरण नभएमा भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीको छ ।
सभाले घोडाघोडी लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने गाभिने प्रयोजनकाल लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ । साथै एफपीओ जारी गर्ने प्रस्ताव पनि कम्पनीले गरेको छ । कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी बृद्धि गर्ने र सो सम्बन्धी व्यवस्थाका लागि प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।
प्रतिक्रिया दिनुहोस