
काठमाडौं । डिजिटल करेन्सी क्रिप्टो करेन्सीको कारोबार वा माइनिङ गर्नेलाई नेपाल राष्ट्र बैंकले कारबाही गर्ने भएको छ । विहीबार राष्ट्र बैंकले सूचना जारी गर्दै बैंकले क्रिप्टो करेन्सीको कारोबार वा माइनिङ गर्नेलाई कारबाही गर्ने चेतावानी दिएको हो ।
राष्ट्र बैंकले क्रिप्टो करेन्सीहरुको कारोबार, प्रयोग वा माइनिङ सम्बन्धि कार्य नेपालमा गैरकानुनी रहेको भन्दै कसैले कारोबार गर्न नगराउन भनेको छ । नेपालको ऐन अनुसार मुद्रा अपचलनको मुद्दा लाग्छ ।
नेपालको पुँजीगत खाता अपरिवर्तनीय रहेकाले नेपालबाट विदेशी मुद्रा विदेशमा पठाउन गैरकानुनी मानिन्छ । त्यसैले क्रिप्टो करेन्सीहरुको कारोबार, प्रयोग वा माइनिङ सम्बन्धि काममा संलग्न रहनेहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस