aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

बैंक अफ काठमाण्डूका ग्राहकलाई फर्निचर वान स्टोरमा २० प्रतिशतसम्म छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ भदौ २०७८
बैंक अफ काठमाण्डूका ग्राहकलाई फर्निचर वान स्टोरमा २० प्रतिशतसम्म छुट

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र फर्निचर वान स्टोर बिच बैंकको डेबिट कार्ड/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहकहरुलाई २० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

 यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले फर्निचर वान स्टोरबाट घर तथा अफिसको लागि आवश्यक फर्निचरहरु खरिद वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको २० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।

फर्निचर वान स्टोरले डिल्लिबजारबाट सेवाग्राहीहरुलाई आवश्यक गुणस्तरिय फर्निचरहरु बिक्री गर्दै आईरहेको छ । बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस