
काठमाडौं । नेपाल राष्ट्र बैंकले क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले दिने ट्रस्ट रिसिप्ट कर्जा (टीआर लोन) प्रकृतिको कर्जाको सिमा घटाएको छ । यसभन्दा पहिला १८० दिन रहेकोमा विहीबार जारी गरेको एकिकृत निर्देशिकाले ९० दिन बनाएको हो ।
राष्ट्र बैंकको एकीकृत निर्देशिकामा संसोधनले विदेशबाट सामान आयात गर्ने व्यापारीहरुले यस्तो प्रकृतिको ऋण लिने गरेका छन् । अब भने विदेशबाट बस्तु तथा सेवा आयत गरेको ९० दिनमा भुक्तानी गर्न पर्ने भएको छ । यसभन्दा पहिला १८० दिन रहेको थियो ।
राष्ट्र बैंकले डलरमा ऋण दिन पाइने ब्यवस्था गरेको थियो। त्यही अनुसार अधिकांस ब्यापारी तथा उद्यमीले बाहिरबाट मगाउनु पर्ने मालबस्तुका लागि डलरमै ऋण लिन थालेका थिए।
कोभिड प्रभावित पर्यटन व्यवसायलाई होटल, ट्राभल, ट्रेकिङ र हवाई सेवा सहितका वाह्य पर्यटकमा निर्भर रहनुपर्ने व्यवसायीलाई राहत स्वरूप ऋणको व्याज मिनाहा गरेको छ ।
कोभिडको असर मूल्यांकन गरेर २०७९ असार मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा व्याज दायित्वलाई छुट्टै हिसाव राखेर दुई वर्षसम्म कम्तिमा चार किस्तामा तिर्न पाइने सुविधा दिएको छ ।
प्रतिक्रिया दिनुहोस