
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल २६ दशमलव ३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको भदौ २४ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७/७८ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. २५ करोड ६९ लाख ८० हजार ४०० रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । सञ्चालक समितिको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरणयोग्य हुनेछ ।
प्रतिक्रिया दिनुहोस