aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

सिन्धु विकास बैंकद्धारा रक्तदान कार्यक्रम आयोजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ भदौ २०७८
सिन्धु विकास बैंकद्धारा रक्तदान कार्यक्रम आयोजना

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको १२औं बार्षिक उत्सवको अवसरमा बैंकले आज २०७८ भाद्र २५ गते  बैंकको कर्पोरेट कार्यालयको प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

उक्त कार्यक्रममा बैंकका अध्यक्ष, संचालकहरु, कर्मचारीहरु, अन्य संघ संस्थाका कर्मचारीहरु तथा बैंकका ग्राहकहरु लगाएत आम सर्वसाधारण ब्यक्तिहरुले समेत रक्तदान गरेका थिए । रक्तदान गर्नुहुने सम्पुर्ण व्यक्तिहरुलाई बैंकले प्रमाणपत्र समेत प्रदान गरेको छ । 

बैंकले सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २४ वटा शाखा कार्यालयहरु र २ वटा सिमित बैकिङ्ग ईकाइबाट सन्ध्याकालिन बैकिङ्ग सेवा, मोवाईल बैकिङ्ग, SCT डेबिट कार्ड, SMS Banking, QR Code, C–ASBAलगायत सम्पुर्ण बैकिङ्ग सेवाहरु प्रदान समेत गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस