aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

कुमारी बैंकले उग्रतारा स्कूलमा वाटर फिल्ट्रेसन प्रणाली जडान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ भदौ २०७८
कुमारी बैंकले उग्रतारा स्कूलमा वाटर फिल्ट्रेसन प्रणाली जडान

काठमाडौं । कुमारी बैंक लिमिटेडले साँखु स्थित उग्रतारा माध्यमिक विद्यालयमा खानेपानी फिल्ट्रेसन प्रणाली जडान गरेको छ ।अत्यावश्यक भौतिक पूर्वाधारको अभावमा प्रभावकारी पठनपाठन हुननसक्ने भएकाले फिल्ट्रेसन प्रणाली जडान गरिदिएको छ ।

कुमारी बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका ध्यान केन्द्रित क्षेत्रहरुमा शिक्षा एक महत्वपूर्ण स्तम्भ रहेको बैंकले जनाएको छ । यस लक्ष्य अनुरुप राष्ट्रको दिगो विकासको लागि जनताको जीवनमा परिवर्तन ल्याउन एक प्रेरक शक्ति शिक्षा रहेको छ ।  

यस खानेपानी फिल्ट्रेसन प्रणाली जडान गतिविधि लगायत पूर्वाधार विकासका विविधकार्यहरुमा सहयोग पु¥याउँदै आएको बैंकले आगामी दिनहरुमा समाजको दिगो शैक्षिक विकासको प्रवद्र्धन गर्ने प्रतिवद्धता लिएको छ । 


 

प्रतिक्रिया दिनुहोस